कोभिडका कारण दक्षिण एसियामा बढ्यो बाल तथा मातृ मृत्युदर

७ चैत्र, विराटनगर ।
कोभिड–१९ का कारण दक्षिण एशियामा करिब दुई लाख २८ हजार थप बाल मृत्यु तथा ११ हजार मातृ मृत्यु भएको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसंघको प्रतिवेदनले गरेको छ ।

विशेषगरी कोभिड–१९ का कारण अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता एवम् प्रयोगमा व्यापक कमी आउँदा यस्तो दुखद परिणाम आएको हो ।

दक्षिण एशियामा कोरोना भाइरसको महामारी कारण थुप्रै स्वास्थ्य संस्थाहरू बन्द हुनुका साथै स्वास्थ्य तथा पोषण सम्बन्धी विभिन्न कार्यक्रम पनि अवरुद्ध भएका छन् । २०२० को अन्त्यसम्ममा यस क्षेत्रमा १ करोड १० लाख कोभिड–१९ बिरामी देखिएका थिए ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) को सहकार्यमा युनिसेफले तयार पारेको उक्त प्रतिवेदनमा स्वास्थ्य सेवामा भएका गम्भीर अवरोधका उदाहरण प्रस्तुत गरिएको छ ।

नेपाल र बंगलादेशमा चरम प्रकारको कुपोषण सम्बन्धी सेवा प्राप्त गरिरहेका बालबालिकाको संख्या ८० प्रतिशतले घटेको तथा भारत र पाकिस्तानमा खोप प्राप्त गर्ने बालबालिकाको संख्यामा व्यापक कमी आएको उल्लेख छ ।

‘यस्ता अत्यावश्यक सेवामा आएको कमिले चरम गरिबीमा बाँचिरहेका परिवारको स्वास्थ्य र पोषणमा अत्यन्तै ठूलो प्रभाव पारेको छ’, दक्षिण एशियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लार्येए–जेईले भने, ‘बालबालिका तथा आमाको लागि ती सेवा पूर्ण रूपमा सुचारु गर्नु र सुरक्षित रुपमा सेवा लिनका लागि सबै मानिसलाई आश्वस्त बनाउन हरसम्भव प्रयास गर्नु एकदमै महत्वपूर्ण छ ।’

गर्भवती महिला, किशोर–किशोरी तथा शिशुका लागि स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्न आह्वान गर्दै प्रतिवेदनले खोपका साथै उनीहरूका लागि अत्यावश्यक औषधि ढुवानीको लागि आपूर्ति सन्जाललाई सुदृढ बनाउनु पर्ने आवश्यकता पनि औँल्याएको छ।

‘अत्यावश्यक स्वास्थ्य सेवा सुचारु राख्नु विश्व स्वास्थ्य संगठनको कोभिड–१९ विरुद्धको प्रतिकार्य अन्तर्गतको महत्वपूर्ण रणनीति हो’, दक्षिण पूर्वी एशियाको लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनिन्, ‘यस्ता अवरोधले रोकथामबाट बच्न सकिने रोगकै कारणले समेत मानिसहरूले ज्यान गुमाउने जोखिम बढ्ने हुँदा यस क्षेत्रका देशहरू त्यस प्रकारका सेवा सुचारु एवं पुनर्स्थापना गर्नका लागि कार्यरत छन् ।’

महामारी नियन्त्रणका लागि लागु गरिएका सावधानीका उपायहरूका कारण दक्षिण एशियामा करीब ४२ करोड बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

त्यस मध्ये ४५ लाख बालिका तथा किशोरीहरू फेरि कहिल्यै पनि विद्यालय नजाने जोखिममा रहेको चेतावनी दिँदै प्रतिवेदनले यौन तथा प्रजनन स्वास्थ्य सूचना तथा सेवामा उनीहरूको पहुँच धेरै नै कम हुन सक्ने उल्लेख गरेको छ।

‘दक्षिण एशियाको सांस्कृतिक एवं सामाजिक परिवेशलाई हेर्दा, यी अत्वाश्यक सेवाहरूमा आएको अवरोधले असमानता बढाएको र मातृ तथा नवजात शिशु मृत्युको संख्यामा वृद्धि गराएको हुन सक्छ’, एशिया प्रशान्त क्षेत्रको लागि यूएनएफपिएका क्षेत्रीय निर्देशक वियोन एन्डरसनले भने, ‘साथै, यस क्षेत्रमा थप ३५ लाख महिलाले अनिश्चित गर्भधारण भोग्न सक्ने सम्भावना पनि रहेको छ ।’

दक्षिण एशियामा सबैभन्दा धेरै जनसंख्या भएका ६ वटा देश (अफगानिस्तान, बंगलादेश, नेपाल, भारत, पाकिस्तान र श्रीलंका) मा केन्द्रित रहँदै प्रतिवेदनले महामारीका कारण बेरोजगारी, गरिबी तथा खाद्य असुरक्षामा वृद्धि हुन पुगेकोले जनस्वास्थ्यको महत्व तर्फ कम ध्यान गएको कुरा उल्लेख गरेको छ ।

चरम गरिबीमा रहेका परिवारको लागि नगद सहयोग गर्न आह्वान गर्दै प्रतिवेदनले महामारीको सुरुवातसँगै विभिन्न देशहरूले घोषणा गरेका सामाजिक सुरक्षा कार्यक्रमको प्रशंसा गरेको छ।

यद्यपि, ती कार्यक्रमको पूर्ण प्रभावको मुल्यांकन गरिनु भने आवश्यक रहेको उल्लेख छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top