×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज विश्व मुख स्वास्थ्य दिवसः मुख स्वास्थ्यप्रति सजग रहन डाक्टरहरुको सुझाव

७ चैत्र २०७७

७ चैत, काठमाडौँ । आज विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

Advertisement
Advertisement

स्पेनको मड्रिडमा भएको डेन्टल कांग्रेसले हरेक वर्ष मुख स्वास्थ्य दिवसका लागि नयाँनयाँ नारा बनाउने गर्छ ।

यस वर्षको नारा ‘आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने रहेको छ । मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ ।

समयमै उचित ध्यान नदिँदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहन डाक्टरले सुझाव दिएका छन् ।

नेपालीले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै मान्ने गरेको पाइन्छ । मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टर अच्युत खनालले बताए । डाक्टरका अनुसार मुटुका रोग, प्रेसर, सुगरलगायतका ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्छ ।

Advertisement

दाँतको सरसफाइ गर्दा धेरै रोगको जोखिम घटाउन सकिने भएकाले मुख स्वास्थ्यमा विशेष ध्यान दिन डाक्टर खनालको सुझाव छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top