सरकार नै संसदको प्रभावकारिताको विपक्षमा ?

१० चैत, काठमाडौँ । सरकारले संसदको प्रभावकारिता नचाहेको सांसदहरुले बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ सांसदहरुले सरकारले सदनलाई बिजनेस नदिएर संसदको प्रभावकारीता नचाहेको बताएका हुन् । जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदन चलाउने र फलदायी होस् भन्ने नचाहेको बताए ।

उनले भने ‘सरकारले संसदलाई बिजनेस दिने र बिजनेस दिदाँ अपर हाउस पनि चाहिन्छ, राष्ट्रिय सभा । त्यसको पनि अधिवेशन बोलाउनु प¥यो । विधेयकहरु लिएर आउनुप¥यो । दुवै सदनले पारित गर्ने हो विधेयक । सरकारले नै संसद चलोस् र यो फलदायी होस् भन्न नचाहेको स्थिति छ । सरकारको दायित्व हो विधेयक ल्याउने ।’

Advertisement

नेकपा(एमाले)कि सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले संसदलाई विघटन गर्ने गलत दृष्टिकोण राख्नुभएकाले संसदको प्रभावकारी सञ्चालनमा ध्यान नपु¥याउनुभएको बताइन ।

उनले भनिन ‘संसदलाई प्रभावकारी गराउने जिम्मा सांसदको होइन सरकारको हो । हामी त बैठकमा तोकिएको समयमा आएका छौँ । तर सरकारले विधेयकहरु नै ल्याउँदैन । बिजनेस नै दिदैन । कार्यव्यवस्था परामर्श समितिमा बसेर कार्यसूची निर्धारण गर्दैन भने त संसद एक्लैले प्रभावकारी उपस्थिति हुने कुरा भएन । प्रधानमन्त्रीको यो संसदलाई, जनताको प्रतिनिधिमुलक थलोलाई विघटन गर्ने नै छ । उहाँले अहिलेपनि एउटा गलत दृष्टिकोण राखिरहनु भएको छ र यसको प्रभावकारी सञ्चालनको कुरामा ध्यान दिनुभएको छैन ।’

नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विधेयक आउन नसक्नुमा सरकारको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताए । सरकारले विजनेस पेश गर्दापनि अगाडी बढन नपाएकोे बताए ।

उनले भने ‘प्रतिनिधि सभा पुनस्थापित भएपनि हामी जुन कारणले यो अप्ठ्यारोमा प¥यौँ त्यो अप्ठ्यारोहरु फुकाउने काम भने सर्वोच्च अदालतले गरेन । त्यो अप्ठ्यारो के हो भन्दा जुन आधारमा सरकार उभिएको छ झन्डै दुई तिहाइ बहुमतको अवस्था । अब त्यो अवस्था त रहेन । सत्तापक्ष माथिदेखि तलसम्मै दुई चिरा भयो । त्यसैले त्यो दुई तिहाइ बहुमत अहिलेसम्म विश्वासको मत फिर्ता भएको छैन कायम छ । तर यथार्थमा भने त्यो विभाजित छ । त्यसैले यो स्थिति तर्फ ध्यान दिनुपर्छ । सरकारले बिजनेस पेश नगरेको हो र ? सरकारले दिएको बिजनेस त अगाडी बढ्नै पाएन । बढ्नै सकेन ।’

उपनेता नेम्वाङले संसदमा भएको समस्याको बारेमा छलफल गरी निष्कर्षमा पुग्नु राम्रो हुने बताए । समस्यालाई निष्कर्षमा पु¥याउन सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गरिने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top