कतारले प्रवासी कामदारको मानवअधिकार हनन गरेको भन्दै नर्वेका खेलाडीहरुद्वारा विरोध प्रदर्शन

१२ चैत्र, एजेन्सी ।
नर्वेका खेलाडीहरुले विश्वकप २०२२ को छनौट चरण अन्तर्गत आफ्नो पहिलो खेल सुरु हुनुअघि कतारविरुद्ध प्रदर्शन गरेका छन् ।

बुधबार राति नर्वेले जिब्रालटारसँगको खेलअघि विश्वकप २०२२ को आयोजक राष्ट्र कतारले प्रवासी कामदारमाथि गरेको व्यवहारका विरुद्ध प्रदर्शन गरेका हुन् ।

अवे मैदानमा भएको खेलमा नर्वेले जिब्रालटारलाई ३–० ले पराजित गरेर कतार विश्वकप छनौट यात्रा शानदार रुपमा सुरु गरेको हो ।

नर्वेका खेलाडीहरुले ‘ह्युमन राइट्स–अन एण्ड अफ द पिच’ अर्थात मैदान र मैदान बाहिर पनि मानवअधिकार लेखिएको टी–सर्ट लगाएर विरोध गरेका हुन् ।

कतारमाथि विश्वकपका संरचना निर्माणका लागि खटिएका आप्रवासी कामदारको मानवअधिकार हनन गरेको आरोप छ । कतारको विश्वकप आयोजक समितिले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन ।

बेलायती पत्रिका द गार्डियनका अनुसार कतार विश्वकपको निर्माणका काममा खटिएका झण्डै ६५ सय आप्रवासी कामदार मारिएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top