नयाँ सरकारका लागि प्रचण्डको दौडधूप

१८ चैत, काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन सकेको छैन ।

Advertisement

अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ । नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ । जसपालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन् ।

Advertisement

गृहमन्त्री थापाले जसपाका सांसद रेशम चौधरीलाई जेलबाट छुटाउने लगायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले मंगलबार सरकारसँग आफ्नो पार्टीले राखेका मागबारे वार्ता आरम्भ भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटी प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल गरेका हुन् ।

देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले त्यसलगत्तै उपराष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईलाई भेटेका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top