भारतमा एकै दिन ८८ हजारमा संक्रमण

२१ चैत्र, एजेन्सी ।
भारतमा ६ महीनायताकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित देखिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ६६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या एक करोड २३ लाख ९० हजार ७७५ पुगेको छ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अत्यधिक बढेको छ। पछिल्लो २४ घन्टामा ६३४ जनाको मृत्यु भएको छ। यो पनि ६ महीनायताकै सबैभन्दा बढी हो।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२ पुगेको छ।

अहिले सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउन लाग्नसक्ने बताएका छन्। पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ४३ हजार १८३ संक्रमित थपिएका छन्।

मुख्यमन्त्री ठाकरेले संक्रमणको अवस्था गम्भीर बन्दै गएको बताएका छन्। उनले यस्तै अवस्था रहेमा एक दुई दिनभित्रै लकडाउन गरिने बताएका छन्।

मुम्बईमा लकडाउन लगाउने तयारी गरिएको छ भने पुणेमा लकडाउन घोषणा गरिएको छ। आगामी आठ दिनका लागि लकडाउन गरिएको हो।

मध्यप्रदेश, महराष्ट्रसँगै राजस्थान र छत्तीसगढको अवस्था पनि बिग्रिदै गएको छ। मध्येप्रदेशमा कोरोनाको दोस्रो लहर आएको छ। मध्यप्रदेशमा २ हजार ७७७ संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ।

त्यस्तै, राजस्थानमा एक हजार ३५० संक्रमित थपिएका छन्। छत्तीसगढमा ४ हजार ६१७ संक्रमित थपिएका छन्।

नेपालसँग जोडिएका भारतीय राज्यमा पनि संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा संक्रमण बढ्दै गएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top