आगामी अप्रिल १२ देखि बेलायतमा लकडाउन केही खुकुलो हुने

२४ चैत, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् ।

उनले भनेका छन्, ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।’

उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरू र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।

आगामी सोमबारदेखि आवश्यकताका अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका हुन् ।

बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिनभन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ । (सिन्ह्वा)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top