२५ जनाभन्दा बढी भेला हुन रोक लगाउन स्वास्थ्य मन्त्रालयको सिफारिस

२७ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।

Advertisement

यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।

कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।

Advertisement

त्यसअनुसार सीसीएमसीमा सिफारिस पठाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यही निर्णय भए विद्यालयका साथै आगामी वैशाखमा काठमाडौंमा हुने तय भएको त्रिकोणात्मक क्रिकेट सिरिज प्रभावित हुनसक्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top