×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

सौराहमा विदेशी पर्यटक शुन्य !

२७ चैत्र २०७७

२७ चैत, काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् ।

विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै देखिएका छैनन् ।

Advertisement
Advertisement

बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहका होटल तथा रेष्टुरेन्ट आधा क्षमतामा सञ्चालन भईरहेको व्यवसायीहरुको गुनासो छ । अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीहरुले बताएका छन् ।

असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षा अनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौं सौराह अभियान’ सञ्चालन गरेका थिए ।

त्यसपछि कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहमा तालिम, गोष्ठी शुरु गरेपछि भने व्यवसायीहरुलाई केही राहत मिलेको छ । यस्तै आन्तरिक पर्यटक आउने क्रम पनि बढेको छ ।

कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक वर्ष अघि देखि भएको लकडाउनले सौराहको पर्यटन क्षेत्रमा करोडौंको क्षति भएको व्यवसायीहरुले बताउँदै आएका छन् । तरपनि राज्यले दिने भनेको सुविधा कागजी जटिलताका कारण लिन नसकेको गुनासो व्यवसायीहरुको छ ।

राहत प्याकेजमा सहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलव्ध गराउनुपर्ने क्षेत्रीय होटल संघ नेपाल सौराहका उपाध्यक्ष राममणि खनालले बताए ।

कोरोना संक्रमणका कारण थलिएको सौराहको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि निजि र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने अवस्था छ ।

Advertisement
Advertisement

यसका साथै व्यवसायीहरुलाई उपलव्ध गराउने भनिएको आर्थिक प्याकेजलाई व्यवहारमा लागू गर्नुपर्ने देखिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top