पुनर्नियुक्ति पाएका चार मन्त्रीद्वारा राष्ट्रपति समक्ष शपथ ग्रहण

२७ चैत, काठमाडौँ । सांसद पद गुमाएपछि पुनर्नियुक्ति पाएका चार मन्त्रीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement

मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरूले यसअघिकै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

रायमाझीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्टले उद्योग, वाणिज्य तथा आपूर्ति, साहले सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

Advertisement

सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top