कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको: विश्वप्रकाश

२७ चैत्, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन् ।

काठमाण्डौमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताएका हुन् ।

उनले कोदो र तोरीले भिन्ना भिन्नै विशेषता बोकेको भएपनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले ३ बर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे ।

त्यही सरकारका मन्त्रीले पनि मौरी र झिंगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरुलाई सुझाव दिए ।

उनले भने “दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै उस्तै लाग्यो । उहाँहरुले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकता जस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्कदैन । पिना मात्रै निस्कन्छ । ३ बर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओली जीको शासनबाट । त्यसैगरी उहाँको मन्त्री जीले पनि मौरी र झिंगाको भेद देख्नुभएन । म तपाईहरुलाई आग्रह गर्दछु । चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टिदोष छ,तिनलाई बदल्ने छौ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौ भनेर संकल्प लिनुपर्छ । ”

बुधबार सिंहदरबारमा नेपाल सरकारका सचिवहरुबीचको एक कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्तहुन नसकेको टिप्पणी गरेका थिए ।

उनले सांसद अपहरणको आरोप लागेका सांसदलाई राज्य व्यवस्था तथा शुसासन समितिमा र सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड को टेप काण्डका बारेमा सार्वजनिक लेखा समितिले छानविन गरिरहेका पुर्व मन्त्रीलाई सोही समितिको सदस्य बनाईएको भन्दै सुशासन कायम गर्ने सम्बन्धमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीहरुलाई आव्हान गरे ।

उनले भने “केपी ओलीको सरकार निरन्तर रहिरह्यो भने, सार्वजनिक लेखा समितिमा लगेर त्यसैको दोषीलाई राखेजस्तै, राज्य व्यवस्था तथा शुसासन समितिमा लगेर अपहरणको मुद्धा लागेकालाई राखेजस्तै अपराध अनुसन्धानको नेतृत्व गर्ने ठाउँमा जेलबाट छुटाएर चाल्र्स शोभराजलाई राखेको दिन पनि यो देशले सुन्नुपर्ने हुनसक्छ । ”

उनले कर्मचारीतन्त्र भनेको स्थायी सरकार भएको र सुशासनको क्षेत्रमा स्थायी सरकारले गर्ने काम बारे सधै सचेत भई प्रशासनतन्त्रलाई लोकतान्त्रिकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top