गुल्मीमा बैंकमार्फत भत्ता लिन अशक्त जेष्ठ नागरिकलाई समस्या

३० चैत ७७, मंगलबार

३१ चैत, गुल्मी । सरकारले जेष्ठ नागरिकलाई बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता दिन थालेपछि अशक्तहरुलाई भत्ता लिन समस्या भएको छ । गुल्मीमा जेष्ठ नागरिकहरु भत्ता लिन बैंकमा लाम लागिरहेका देखिन्छन् ।

इस्मा गाउँपालिकाले वडा नम्बर १, २ र ६ का नागरिकलाई सदरमुकाम तम्घासस्थित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र वडा नम्बर ३, ४ र ५ का नागरिकलाई इस्मा मैदानमा रहेको बैंक अफ काठमाडौबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

वडा कार्यालयबाट नगद भत्ता वितरण गर्दा अनियमितता हुने भन्दै सरकारले बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको अवधारणा ल्याएको थियो । इस्मा –१ कि रामकुमारी शारु बैंकिङ सेवा घरगाउँमै हुनुपर्ने बताउँछिन् । पहिले–पहिले गाउँबाटै बुझ्दै आएको रकम सदरमुकाम आउदा–जाँदा झञ्झटिलो र खर्चिलो भएको ज्येष्ठ नागरिक बताउँछन् ।

इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती असहाय, अशक्त, जेष्ठ नागरिकका लागि टोलटोलमै पुगेर भत्ता वितरणका लागि पहल गर्ने बताउँछन् ।

गाउँपालिकामा विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही तीन हजार ५३ जना रहेका छन् । जसमध्ये ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक एक हजार ३५७ जना छन् । उनीहरुले मासिक तीन हजारका दरले हरेक चार महिनामा १२ हजार रुपैयाँ पाउँछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, तम्घास शाखाका प्रमुख सरोज पोखरेलले सम्बन्धित लाभग्राही वा उसले हकवाला तोकेको व्यक्तिबाहेक अरुले भत्ता लैजान नमिल्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top