×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

युरोप पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने एक जना पक्राउ

९ बैशाख २०७८

९ बैशाख, काठमाडौ । युरोप पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

युरोप पठाइदिन्छु भन्दै १९ लाख बढी रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका ३ घर भइ काठमाण्डौ महानगरपालिका – १६ नयाँ बजार बस्ने ३६ वर्षीय भरतप्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

Advertisement
Advertisement

राई ग्राण्डी ग्लोबल होलिडेज प्रालिका सञ्चालक हुन् । युरोपका पोर्चुगल, लाटभिया लगायतका देशमा भिजिट भिसामा पठाइदिने भन्दै उनले धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ ।

भिजिटमा जानको लागि १० लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी ६ जना व्यक्तिहरुसँग १९ लाख ४७ हजार रुपैयाँ लिएर पछि सम्पर्क विहीन भएका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

राईलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको अपराध महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top