तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडे

तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडे

१६ बैशाख, काठमाडौ । पछिल्लो तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडेका छन् ।

आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भए पछि राति दुई, तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर बसेका थिए ।

राति अबेरसम्म सडकमा गाडी पर्खिएका केही यात्रु गाडी नपाएपछि अलपत्र परेका छन् ।

अलपत्र परेका यात्रुलाई कसरी घर पठाउने भन्नेबारे सम्बन्धित निकायको निर्णय पर्खेर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

हिजो काठमाण्डौको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा यात्रुको सबैभन्दा धेरै भीड थियो ।

गाडी र यात्रुको चापका कारण मुख्य नाका नागढुङ्गा सडकखण्डमा लामो जाम भएको थियो ।

काठमाण्डौ उपत्यका बाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि नाकामा गाडीको आवागमन अस्तव्यस्त बनेको थियो ।

यात्रुले गाडी नपाउने मात्रै होइन, बल्लतल्ल गाडी पाए पनि बढी भाडा तिर्नु परेको, घण्टौँ जाममा बस्नु परेको गुनासो गरेका छन् ।

सरकारले दुई दिनको मात्रै समय दिएर निषेधाज्ञा लागू गरेकाले भीड थेग्न नसकेको महासचिव सिटौलाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.