दक्षिण कोरियामा प्रवासीको संख्या पाँच वर्षयताकै कम

१५ बैशाख ७८, बिहीबार

१६ बैशाख, एजेन्सी । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ ।

मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो ।

कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ ।

गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो ।

हालको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको सङ्ख्या १८ लाख थियो ।

त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको सङ्ख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्याङ्कले देखाएको छ ।

हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको सङ्ख्या १०.६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top