संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामाग्रीमा कर छुट

१६ बैशाख ७८, बिहीबार

१६ बैशाख , काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन लगायतका विभिन्न स्वास्थ्य सामाग्रीमा कर छुट दिने र्निर्णय गरेको जानकारी गराएको हो ।

गएको सोमबार बसेको मन्त्रिपरिषद्को संक्रमितको उपचार व्यवस्थापनका लागि अवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका मेडिकल सामग्रीमा पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top