×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

चितवनका घडियाल गोहीको अवस्था यस्तो छ

विराटनगर,असार ८
वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ ।

Advertisement
Advertisement

चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ ।

खड्काका अनुसार धमिलो पानीमा गोहीको आनीबानी कस्तो रहन्छ र उसको आहारको अवस्था के छ भन्नेबारेमा प्रत्यक्षरुपमा अनुगमन गरिएको छ । राप्ती नगरपालिकाको पिप्लेबाट राप्ती नदीमा खड्काको टोलीले ¥याफ्टिङ बोटमा बसेर अनुगमन गरेको हो ।

सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबाट गोहीका बच्चा कोरलिए नकोरलिएको पनि हेरिएको उनले बताए। नारायणीमा छोडिएकामध्ये एउटा गुँडमुनिबाट पानी बगेपछि अण्डा बिग्रिएको र दुई वटामा ५० वटा जति बच्चा कोरलिएको उनले बताए । अन्य दुई गुँड भने हराएको उनले जानकारी दिए ।

Advertisement
Advertisement

अण्डा प्रजनन् केन्द्रबाट २ सय बच्चा कोरलिएको उनले बताए । हालसम्म नारायणी र राप्ती नदीमा एक हजार ३६५ वटा घडियाल गोही छोडिसकिएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top