भारतको दिल्लीमा थप एक साता लकडाउन लम्ब्याइने

NEW DELHI, INDIA - MARCH 22: Indian policemen push barricades to place them in the center of a a road leading to historic India Gate, during a one-day nationwide Janata (civil) curfew imposed as a preventive measure against the COVID-19 on March 22, 2020 in New Delhi, India. Death toll due to coronavirus in India reached seven on Sunday with three more fatalities as the country observed a "janta curfew" or public lockdown on the appeal of Prime Minister Narendara Modi. Besides placing under lockdown till March 31st, 75 districts with confirmed coronavirus cases , the government also decided to shut down train, metro and inter-state services to curb the spread of the global pandemic in India. (Photo by Yawar Nazir/Getty Images)

२६ वैशाख, काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् ।

लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा यसपटक घटेर २३ प्रतिशतमा आएको उनले बताए ।

केजरीवालले लकडाउन लम्ब्याउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गरेका छन् ।

सोमबारदेखि दिल्लीमा मेट्रो रेल पनि चल्ने छैन । यो लकडाउन १७ मेसम्म जारी रहने छ ।

गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए ।

त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो ।

दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको र अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।