ओलीलाई प्रचण्डको आग्रहः ‘राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुहोस्’

२७ बैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा बोल्दै प्रचण्डले विश्वासको मत प्राप्त नहुने र राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन । प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ । तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन ।’ उनले भनेका छन्, ‘प्रधानमन्त्री ओलीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्नु नै उपयुक्त हुन्छ ।’

Advertisement

यस्तै, प्रचण्डले ओलीलाई विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ भनेर प्रश्नसमेत गरेका छन् । ‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’ उनले सोधे । अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक नलागेको र नाटकीय लागेको उनको भनाई थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top