कांग्रेस र माओवादीलाई बहुमत जुटाउन सकस

२७ बैशाख ७८, मंगलबार

२८ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर असफल बनाएका कांग्रेस र माओवादी केन्द्रलाई नयाँ सरकार गठनमा सकस पर्ने देखिएको छ ।

प्रधानमन्त्री ओलीको सरकार अल्पमतमा परेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि हिजो राति नै तीन दिनको समय दिनुभएको छ । सरकार बनाउन तम्सिएका कांग्रेस र माओवादीले पर्सि राति नौ बजेसम्म बहुमत जुटाउनुपर्नेछ ।

जनता समाजवादी पार्टीले साथ दिएमा नयाँ सरकार बनाउन सजिलो हुन्छ तर जसपाभित्र २ समूहको विवाद बढ्दै गएको छ । अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षले नयाँ सरकार गठनमा साथ दिनुपर्ने बताउँदै आएको छ । तर अध्यक्ष महन्थ ठाकुर पक्षले भने सरकार गठनमा सहभागी नहुने अडान दोहो¥याएको छ ।

गएराति विज्ञप्ति निकालेर ठाकुरले नयाँ सरकार गठनमा सक्रिय हुने र नयाँ सरकारलाई साथ दिने कुरा पार्टीको उद्येश्य विपरित र मधेश आन्दोलनको मर्म विपरित हुने बताउनुभएको छ । अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ ।

कांग्रेसका ६१, माओवादीका ४८ र जसपाका ३२ सांसद मिलेर १ सय ४१ सांसदसहित सरकार बन्न सक्छ तर जसपाको ठाकुर पक्षले साथ नदिने भएपछि बहुमत नपुग्ने देखिन्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top