क्रसर ब्यवसायी भीम पौडेललाई ६ लाख जरिवाना

विराटनगर,असार १०
मोरङ उर्लाबारी नगरपालिका अनुमतिमा स्थनीय मिक्लु र सोल्टी खोला अबैध उत्खनन गरी ढुंगागिटी बिक्री गरेका ठेकेदार भीम पौडेललाई ६ लाख जरिवाना गरिएको छ ।

Advertisement

बातावरणीय प्रभाव मूल्याङकन नगरिएको खोलाको अबैध उत्खनन गरी नदीजन्य पदार्थ तस्करी गरेको आरोप लागेका ठेकेदार पौडेललाई ६ लाख पाँच हजार ९ सय रुपैया जरिवाना गरिएको हो । अबैध रुपमा उत्खनन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेको थियो ।

प्राविधिक टोली सहितको छानविन समितिको सिफारिस अनुसार ठेकेदारलाई जरिवाना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार ठेकेदार पौडेलले जरिवाना बापतको रकम पनि तिरिसकेका छन् । प्रशासनले गठन गरेको छानविन समितिले च्यानलाईज गर्न नगरपालिकाले पनि बिधि र प्रकृया नपू¥याएको प्रतिवेदन दिएको छ ।

Advertisement

प्रतिवेदनमा च्यानलाइज गर्नुपर्ने ढुंगागिटी निकालेर बिक्री गरिएको उल्लेख गरिएको छ । समितिले अध्ययन पछि ७ सय घन मिटर क्षेत्रको ढुंगागिटी उठाएर बिक्री गरेको निष्कर्ष सहित ६ लाख ५ हजार नौ सय रुपैया जरिवाना तिराएको हो ।

छानविन समितिले मिक्लु र सोल्टी खोलाको ढुंगागिटी उर्लाबारीका वडाहरुमा सडक निर्माणकालागि प्रयोग गर्दापनि ठेकेदारले शूल्क लिएको निष्कर्ष निकालेको थियो । नगरपालिकाले ४५ लाख बजेट विनियोजन गरी सोल्टी र मिक्लु खोलालाई च्यानलाइज गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top