झापाका अधिकांश संक्रमित घरेलु उपचारकै भरमा

२ जेठ ७८, सोमबार

३ जेष्ठ, झापा ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागतीको रस एक दुई थोपा नाकमा दिनहुँ हाल्ने गरेको पाइएको हो ।

सास फेर्न समस्या देखिए सकभर घरमै अक्सिजन सिलिण्डर लाने र अक्सिजन सिलिण्डर नपाए मात्रै उपचारका लागि अस्पताल जाने गरेका छन् ।

गौरीगञ्ज गाउँपालिकामा कोरोनाको दोस्रो भेरियन्टपश्चात् आजसम्म ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सङ्क्रमितमध्ये ५० जना होम आइसोलेशनमा छन् भने दुई जनाले कोशी अस्पतालमा उपचार गराइरहेका छन् । कूल सङ्क्रमितमध्ये एक जनाको मुत्यु भइसकेको छ ।

दोस्रो भेरियन्ट देखा परेपश्चात् गाउँपालिकाद्वारा १२२ जनाको स्वाव सङ्कलन गरिएको स्वास्थ्य शाखाप्रमुख रामचन्द्र मिश्रले बताए । कोरोना सङ्क्रमित ६० मध्ये सात जना सङ्क्रमण मुक्त भइसकेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाले १५ शय्याको आइसोलेशन र ८ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ ।

पचास शय्या क्वारेन्टिन कोरोना सङ्क्रमित बिरामीका लागि तयारी अवस्था राखिए पनि दोस्रो भेरियन्टपछि कोही पनि बिरामी अस्पताल आएका छैनन् । शय्याहरू खाली छन् । बिरामीले घरमै उपचार गराइरहेका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले नेपाल सरकारको प्रोटोकलअनुसार नै बिरामी होम आइसोलेशनमा बसेको बताए ।

उनले होम आइसोलेशनमा बसेका बिरामीहरुसँग नियमितरूपमा स्वास्थ्यकर्मीहरुको सम्पर्क भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गरेको जानकारी दिए ।

गौरीगञ्जमा मात्र होइन झापाका हरेक स्थानीय तहका नागरिकले कोरोना सङ्क्रमित भएको खण्डमा घरमै उपचार गराउँदै आएका छन् ।

सन्तोष आचार्य, पुष्प बराल, वीरबहादुर दर्नाल, गोपाल काफ्ले, पर्वत पोर्तेललगायतका पत्रकारहरु पनि कोरोना सङ्क्रमणपछि घरमै उपचार गराएर स्वास्थ्यलाभ गरिरहेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । (रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top