माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

६ जेठ, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार ११ बजे बैठक बस्न लागेको हो ।

कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकबाट कोरोना संक्रमणविरुद्ध पार्टीपंक्ति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न विषयमा छलफल गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.