×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा’

७ जेष्ठ २०७८

७ जेठ, काठमाडौँ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

Advertisement
Advertisement

स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता रहेकाले सरकारले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताए।

कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको बताउँदै उनले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेशन केन्द्र निर्माणका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकतानुसार २०० शय्यासम्म सञ्चालन गर्न सकिने सो आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौंँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको तथा नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।

Advertisement

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताए।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top