७ जेठ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ । बिहीबार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि शुक्रबार ससाँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।
यस समयमा प्रधानमन्त्रीमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।
ओलीले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
यता, देउवाको पक्षमा १ सय ४९ सांसद रहेका छन् । देउवालाई एमालेकै माधव पक्षको पनि समर्थन ।
अब, राष्ट्रपतिले कसलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् भन्ने विषयमा आम चासोको विषय बनेको छ। संविधानको धारा ७६ (५) ले दलगत रुपमा नभएर व्यक्तिलाई मात्रै चिन्ने संविधानविद्हरु बताउँछन् । अहिलेको अवस्थामा देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेको एक संविधानविदले बताए ।