नेपालमा संक्रमणदर १६ प्रतिशत घट्यो

१५ जेठ ७८, आइतबार

१६ जेठ, काठमाडौँ ।

नेपालमा एक महिनाअघि तीव्र रूपमा कोरोना संक्रमण भएको अवधिको तुलनामा शनिवार १६ प्रतिशत संक्रमणदर घटेको छ।

एक महिनाअघि नेपालमा कोरोना संक्रमण दर ४४ देखि ४६ प्रतिशत थियो। शनिबार यो दर घटेर ३० प्रतिशतमा पुगेको छ।

Advertisement

गत २४ घण्टामा परीक्षण भएका १४ हजार ७ सय ५२ वटा नमुनामध्ये ४ हजार ४ सय ८७ जनामा कोरोना पुष्टि भएको हो।

थपसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५३ हजार ४ सय २२ जना पुगेका छन्। तीमध्येमा कोरोना संक्रमणको दोस्रो लहरयता मात्र ३ लाख ७ सय ३२ जना छन्।

Advertisement

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय १६ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ जना पुगेका छन्।

तीमध्येमा ४ हजार १ सय ३१ जनाको दोस्रो लहरयताको अवधि अर्थात् करिब दुई महिनाको अवधिमा मृत्यु भएको हो। नेपालमा हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको दर १.२९ प्रतिशत छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top