नाइजेरियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

अर्जेन्टिना रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई २ – १ ले हराउँदै अर्जेन्टिना समूह उपविजेता बन्दै विश्वकपको अन्तिम १६ मा पुगेको हो ।

Advertisement

महत्वपूर्ण खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान  लियोनल मेसी र मार्कोस रोजोले समान एक-एक गोल गरे। नाइजेरियाका भिक्टर मोसेसले पेनाल्टीमार्फत गोल फर्काए ।

अत्यान्तै रोमाञ्चक प्रतिस्पर्धाको ८६ औं मिनेटमा रोजोले गोल गर्दै अर्जेन्टिनालाई २-१ को जितसहित नकआउट चरणमा लगेका हुन्। एक एक गोलको बराबरीमा सकिएको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने थियो ।

Advertisement

त्यसअघि खेलको  १४ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।  विश्वकपमा मेसीको यो पहिलो गोल हो। तर, खेलको ५१ औं मिनेटमा नाइजेरियाका मोसेसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा मोसेसले सहजै गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए।

Advertisement

त्यसपछि दुबै तर्फबाट कुनै गोल भएन र प्रतियोगितामा पहिलो जित निकाल्दै अर्जेन्टिनाले नाइजेरियालाई हरायो।

यसअघि पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग पराजित भएको थियो।

जितपछि समूह डी को अर्जेन्टिनाले ३ खेलबाट ४ अंक जोड्दै उपविजेताका रूपमा नकआउट चरण प्रवेश गरेको हो।

यही समूहको अर्को खेलमा आइसल्याण्डलाई २-१ले हराउँदै क्रोएसिया सतप्रतिशत जितसहित समूह बिजेता बन्यो। समूहबाट नाइजेरिया र आइसल्याण्ड बाहिरिएका छन्।

अब अन्तिम १६ को पहिलो खेलमा अर्जेन्टिनाले असार १६ गते शनिबार समूह सीको विजेता फ्रान्ससँग खेल्नेछ भने क्रो एसियाले उपविजेता डेनमार्कको सामना गर्नेछ।

मंगलबार राति भएको खेलमा डेनमार्क र फ्रान्सले गोलरहित बराबरी खेल्दै नकआउट चरण प्रवेश गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top