बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जना घाइते

१३ असार ७५, बुधबार
Share this
736shares

विराटनगर, असार १३
मंगलबार भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जनाको घाईते भएका छन् ।सुनसरीको इटहरीमा मंगलबार कार, स्कुटर र सिटी रिक्सा ठोक्किंदा तीन जना घाइते भएका छन् ।

Advertisement

इटहरी उपमहानगरपालिका १० साथीफ्युल नजिकै बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको बा ९ च ३५ नम्बरको कारले सोही दिशामा रहेको बा १२ च ७४७८ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिंदा उक्त कार अनियन्त्रित भई को १७ प १६८७ नं को स्कुटर र सिटि रिक्सासंग ठोक्किएको थियो।

दुर्घटनामा स्कुटरका चालक ईटहरी–१० खनार बस्ने गोपाल खत्री, उनकी पत्नी श्रीमति रुपमणी खत्री र छोरी घाइते भएका छन्।

Advertisement

घाइते तीनै जनालाई उपचारका लागी न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने दुर्घटनामा संलग्न कार तथा सिटी रिक्सालाइ प्रहरीले नियन्त्रणमा लिई राखेको छ।

यता ईनरुवा नगरपालिका –१० जाल्पापुरमा मंगलबार दिउँसो ट्याम्पु दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

Advertisement

दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ ह ८३३२ नम्बरको ट्याम्पु अनियन्त्रित भई पल्टिंदा मोरङ बिराटनगर–४ बस्ने जितेन्द्र राम, सुनसरी हरिनगरा गाउँपालिका २ बस्ने पुनम देवी राम र उनका छोरा वर्ष ३ को विकि राम तथा छोरी रेखा राम घाइते भएका छन।

घाइते चारै जनाको जिल्ला अस्पताल सुनसरीमा उपचार भईरहेको छ भने ट्याम्पुका चालकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिईएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top