काठमाडौँको न्युरोडबाट १३ लाख नगदसहित १५ जुवाडे पक्राउ

२२ जेष्ठ, काठमाडौँ । काठमाडौँको न्युरोडबाट १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई १३ लाख ४३ हजार नगद, कौडा र ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरको छैटौं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाइ हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

पक्राउ परेकाहरुमध्ये भाग्ने क्रममा काठमाण्डौ बाफल बस्ने भक्त बलामी घाइते भएका छन् ।

उनको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । उनीहरुलाई जुवा ऐनअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top