×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोहियानी समस्या समाधान इकाई गठन

१३ असार २०७५

काठमाडौँ, असार १३

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो ।

Advertisement

मन्त्रालयका उपसचिव कमलप्रसाद तिमिल्सिनाका अनुसार उक्त इकाईले जग्गाधनी र मोहीबीच जग्गाको बाँडफाँड गरी द्वैध स्वामित्व अन्त्य गर्ने प्रक्रियामा सहजीकरण गर्नेछ ।

मन्त्रालयले भूमिमा रहेको दोहोरो स्वामित्व अगामी एक वर्षभित्र अन्त्य गरिसक्ने लक्ष्यका साथ कार्य प्रक्रिया अघि बढाइएको छ । नेपाल सरकारको २०७४ कात्तिक २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि भूमिसुधार कार्यालय र भूमिसुधार कार्यालय नभएका जिल्लामा भूमिसुधारको समेत कार्य गर्ने जिल्ला सदरमुकामस्थित साविकका मालपोत कार्यालयमा आगामी भदौ ४ गतेसम्म आवश्यक कागज प्रमाणसहित निवेदन दर्ता गराउन मन्त्रालयले सम्बन्धित जग्गाधनी र मोहीलाई आग्रह गरेको छ ।
रासस

Advertisement

भर्खरको समाचार

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

सम्बन्धित खबरहरु

Scroll to Top