आज पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने

आज पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने

२३ जेठ, काठमाडौं ।

आज देशका पहाडी भूभागमा मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोअस्तिको तुलनामा आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना देखिएको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार अरु क्षेत्रको तुलनामा आज प्रदेश–१ का पहाडी र तराई क्षेत्रमा मौसम बद्लीको अवस्था छ ।

अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । आज राति पनि पहाडी क्षेत्रमा मौसम बद्ली हुने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.