सातै प्रदेशमा मेगा आयोजना ः ऊर्जामन्त्री

१३ असार ७५, बिहीबार

काठमाडौँ, असार १३

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उनले ठूला र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिएको र तराईमा भरपर्दा सिँचाइ व्यवस्था गरिएको जानकारी दिए ।

Advertisement

उनले भने – अबदेखि कसैले झोलामा खोला राख्ने अवस्था छैन । आगामी तीन वर्षदेखि विद्युत् आपूर्तिमा मुलुक पूर्ण आत्मनिर्भर हुने गरी काम भइरहेको पनि उनले बताए ।

मन्त्री पुनको जवाफमा सांसद्हरु प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडू, सत्यनारायण खनाल, विमलप्रसाद श्रीवास्तव र मीना पाण्डेले थप स्पष्टीकरण माग गरेका थिए।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top