विद्यार्थीका लागि मिनि स्टुडेन्ट वाकिङ ब्रिज

विद्यार्थीका लागि मिनि स्टुडेन्ट वाकिङ ब्रिज

विराटनगर,असार १३
मोरङको धनपालथान गाउँपालिका–४ स्थित शारदा माविका छात्रछात्राले अब खोलामा बाढी आउँदा जोखिम मोलेर यात्रा गर्नुुपर्ने बाध्यता हट्ने भएको छ ।

खोलामा मिनि स्टुडेन्ट वाकिङ ब्रिज निर्माणाधीन अवस्थामा छ । विद्यालयको छेउ भएर बग्ने गदिया खोलामा पुुल नहुँदा विगत पाँच वर्षदेखि विद्यालयमा अध्यनरत छात्राछात्रा बाढीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।

धनपालथान गाउँपालिकाले गदियाखोलामा मिनि स्टुुडेन्ट वाकिङ व्रिज निर्माणलाई तिव्रता दिएसँगै वर्षौंदेखिको छात्रछात्राले भोग्दै आएको समस्या हट्ने भएको छ । विपद् व्यवस्थापन अन्तर्गत जोखिम न्यूनीकरणका लागि गाउँपालिका र विद्यालयको सहयोगमा पुुल निमार्ण हुुन लागेको हो ।

तीन लाख रुपैयाँको लागतमा निर्माण हुुन लागेको वाकिङ व्रिज असार मसान्त सम्ममा सम्पन्न गर्नेगरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए । गाउँपालिका, मोरङ फलामको ट्रस्ट बनाएर पुुलको निर्माण अन्तिम चरण पुुगेको छ । अहिले बाँसको पुुलमा विद्यार्थीहरु आवतजावत गर्ने गर्दछन् । बाढी आउँदा बाँसको पुुल बगाउँदा समस्या हुुने गरेको थियो ।

खोलामा पुुल नहुँदा गाउँपालिकाका ५ र ६ नम्बर वडाका २ सय ५० भन्दा बढी विद्यार्थी जोखिम मोलेर विद्यालय जान बाध्य थिए । कर्सिया बजारस्थित विद्यालयका विद्यार्थीले वर्षांैदेखि भोग्दै आएको समस्या पुल निर्माण सम्पन्न भएसँगै आवत जावतमा सहज हुुने गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ ।

खोलामा बाढी आउँदा विद्यार्थीले पाँच किलोमिटर घुुमेर विद्यालय आउनुुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रवि राजवंशीले बताए। उनले असार २५ गतेसम्म सक्ने गरी काम भइरहेको जानकारी दिए ।

धनपालथान गाउँपालिकाका शिक्षा शाखा प्रमुुख ऋषि कोइरालाले जोखिन न्यूनीकरण गर्दै सहज रुपले अध्ययन अध्यापनका लागि गाउँपालिकामा रहेका सबै विद्यालयहरुको स्तरोन्नती गरिरहेको बताए।

गाउँपालिकामा रहेका सबै विद्यालयहरुलाई भूकम्प प्रतिरोधात्मक र बालाबालिकामैत्री विद्यालयको रुपमा विकास गर्न शिक्षा शाखाले काम गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.