नेपाल समूहसहितको स्थायी कमिटी बैठक बोलाउने तयारीमा ओली

३० जेठ ७८, सोमबार

३१ जेष्ठ, काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका छन्।

Advertisement

नेकपा एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो। जेठ ३ गते माओवादी केन्द्र र एमाले एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो।

ओलीले वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाललाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका हुन्। त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ।

Advertisement

तर त्यसका लागि नेपाल–खनाल सहभागिताको सुनिश्चितताको खोजी भइरहेको छ। नेपाल–खनाल समूहले भने कारवाही जारी नै भएको अवस्थामा एकता सम्भव नभएको भन्दै बैठकमा सहभागी हुने बारेमा केही बताएको छैन।

ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए। ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो।

Advertisement

एकताका लागि ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई फिर्ता लिनुपर्ने शर्त राखेकोमा नेपाल खनालले शर्त अस्वीकार गरेको हो।

नेपालले नयाँ पार्टीको तयारी गरेपनि उनको समूहका दोस्रो तहका नेताहरुले भने एमाले छोड्न नहुने मत राखिरहेका छन्।

यसैबीच सोमबार विहान नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उपप्रधानमन्त्री विष्णु पौडेल भैँसेपाटीस्थित उनको निवास पुगेका छन्।

एमालेको एकताको विषयलाई लिएर दुई नेताबीच बिहान ९ बजेदेखि छलफल भैरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top