सुन तस्करी र सनम हत्याकाण्ड प्रकरण ःउच्च अदालतको पेशी स्थगित

विराटनगर,असार १४
सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाले ले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनको पेशी स्थगित भएको छ ।

Advertisement

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरुले साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्तीे महल १७ नम्बर अनुसार दिएको निवेदनमा बिहीबार सुनुवाई हुने तोकिएको थियो । तारेखमा छाड्न माग गर्नेमा पूर्वडीआइजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवस लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत र व्यापारी हेमन्त गौतमहित १६ जना छन् ।

उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चिरन्जीवी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन गर्न बाँकी रहेको हुँदा पेशी स्थगित गरिएको जानकारी दिए । जिल्ला अदालतबाट सादा तारेखमा छाडिएका अम्मरबहादुर थापा र १५ हजार धरौटीमा छाडिएका विष्णुबहादुर खड्काको हकमा मागदावी गरिए अनुसारको कारवाहीको मागसहित सरकारी वकिलको कार्यालयले पनि १७ नम्बर दिने तयारी गरेको छ ।

Advertisement

उच्चमा १७ नम्बर निवेदन दिएका सबैलाई एकै पटक अदालतमा पेश गर्नेगरी पेशी स्थगित गरिएको उच्च सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला अदालतको आदेश चित्त नबुझेर थुनामा रहेका १६ जनाले उच्च अदालतमा १७ नम्बरको निवेदन दर्ता गराएका थिए ।

पुर्पक्षको लागि झुम्का कारागारको थुनामा रहेका २८ अभियुक्तमध्ये अहिलेसम्म १६ जनाले १७ नम्बरको लागि निवेदन दर्ता गरेका हुन् । उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top