केन्यामा आगलागीमा परी १५ को मृत्यु

१४ असार ७५, बिहीबार
Share this
793shares

नैरोवी, असार १४

Advertisement

केन्याको सवैभन्दा ठूलो खुल्ला बजार गिकोम्बामा भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । राजधानी नैरोवीको ग्रामिण क्षेत्रमा रहेको सो बजारमा भएको घटनामा परी अरु पचास जनाभन्दा बढी घाइते भएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

“स्थानीय समय अनुसार बुधबार राती २ बजेतिर घटना भएको थियो, घाइतेहरुलाई स्थानीय केन्याटा राष्ट्रिय अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ,” अस्पतालका एक अधिकारीले भने ।प्रत्यक्षदर्शीहरूले आगोले जलेका केही व्यक्तिहरु घाइते अवस्थामै दौडेको देखेको बताएका छन् ।

Advertisement

एक पटक प्रयोग भइसकेको कपडा, विद्युतीय सामग्रीहरु, किराना सामानलगायतका सामानहरु बेच्ने बजारको रुपमा सो बजार चर्चित थियो । घटनामा परी घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् । आगलागी भएको बजार नजिकै रहेका घरहरुमा पनि आगोको असर पुगेको छ ।

नैरोवी प्रहरी कार्यालयका प्रमुख जोसेफ ओल टिटोले घटनाका बारेमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।

Advertisement

भियतनाममा बाढीमा परी २२को मृत्यु
भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।यस प्रकोपमा परी थप नौ जना अझै वेपत्ता रहेका यहाँको राष्ट्रिय प्रकोप नियन्त्रण विभागले बिहीबार जानकारी दिएको छ ।

भियतनामको तीन वटा प्रान्तमा आएको यस बाढी र पहिरोमा परी ती व्यक्तिको मृत्यु भएको र बेपत्ता भएका सो विभागले थप जानकारी दिएको छ ।

एक हप्तायता भियतनाममा भारी वर्षापछि जारी यस बाढी र पहिरोको कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top