×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सर्लाहीमा ५ नेपाली र ३ भारतीय नागरिकको मृत्यु, विषाक्त जाँडरक्सी खाएको आशङ्का

१ असार, सर्लाही । सर्लाहीमा विषाक्त जाँडरक्सी खाँदा आठ जनाको ज्यान गएको आशङ्का गरिएको छ । पछिल्लो चार दिनको अवधिमा पाँच जना नेपाली र तीन जना भारतीय नागरिकको ज्यान गएको हो ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा जाँडरक्सी खाएर बिरामी परेका उनीहरुको ज्यान गएको ब्रह्मपुरी गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए ।

Advertisement
Advertisement

ज्यान गुमाउनेमा ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् ।

कैलु दास, जुगेश्वर माझी र बलिन्द्र दासको हिजो बिहान गाउँमा नै ज्यान गएको हो भने रामईश्वर पासवान र दिनकर दासको गएको २९ गते भारतको आग्रामा ज्यान गएको थियो ।

रामईश्वर पासवान र दिनकर दास कामका लागि आग्रामा पुगेका थिए । त्यसैगरी गएको २८ गते जिल्ला अस्पताल सर्लाहीमा उपचारको क्रममा भारतीय तीन नागरिकको ज्यान गएको स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिए । ब्रह्मपुरी गाउँ नेपाल–भारत सीमा दशगजाबाट झण्डै तीन किलोमिटर उत्तरतर्फ पर्छ ।

Advertisement

भारतीय बजारमा घरेलु जाँडरक्सी बिक्रीमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपालका सीमावर्ती गाउँमा आएर जाँडरक्सी खाने गर्दछन् । घटनाको अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top