सुदूरपश्चिमः ओली पक्षका सात सांसदको पद तत्काललाई जोगियो, निलम्बन पत्र प्रदेशसभामा नपठाइने

१ असार, कैलाली । सुदूरपश्चिम प्रदेशका सात जना प्रदेश सभा सदस्यको सांसद पद तत्कालका लागि जोगिएको छ ।

पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै यसअघि संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेश सभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

अहिले संसदीय दलको सदस्यबाट मात्रै हटाइएको र सांसद पदबाट निलम्बन गरिएको पत्र प्रदेश सभामा तत्काललाई उपलब्ध नगराउने निर्णय भएको प्रमुख सचेतक दुर्गाकुमारी विकले जानकारी दिए ।

उनीहरूलाई सातदेखि १५ दिन संसदीय दलको सदस्यबाट मात्रै निलम्बन गरिएको उनले बताए । फेरि पनि संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गए थप कारबाहीबारे सोच्ने भन्दै उनले तत्कालका लागि निलम्बन गर्ने पत्र लिखित रूपमा प्रदेश सभा सचिवालयलाई उपलब्ध नगराइने भएको बताए ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पठानसिंह बोहरा र रतन थापालाई १५ दिन, लीलाधर भट्ट र बलदेव रेग्मीलाई १० दिन, नेपालु चौधरी, माया तामाङ बोहरा र ग्याल्बु बोहरालाई सत दिनका लागि निलम्बन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेको खनाल–नेपाल पक्षको बहुमत छ ।

सुदूरपश्चिममा एमालेको सभामुखसहित २५ प्रदेश सभा सदस्यमध्ये १७ जना माधव नेपाल र सात जना ओली पक्षमा छन् । माधव समूहले माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी छ भने ओली पक्षकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top