×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

८८ प्रतिशत कोरोनामुक्त

२ असार २०७८

२ असार, काठमाडौं ।

विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या छ लाख १२ हजार २०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप चार हजार १८७ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ४० हजार ४३९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै नेपालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२ हजार ४०३ जना सङ्क्रमित भएका छन । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २५७ मा झरेको छ ।

यस्तै मङ्गलबार थप ४१ जना सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार सात हजार ४४९ जनाको पीसीआर र पाँच हजार ८४१ जनाको एन्टिजेन विधिबाट १३ हजार २९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणमा एक हजार ६८१ र एन्टिजेन परीक्षणमा एक हजार ६४ जना सङ्क्रमित पाइएका छन् । यस्तै काठमाडौँमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना गरी उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top