हिलेबजारका १५ घर बाढीले बगायो : विस्थापितहरुलाई फलेनी माविमा सारियो

१ असार ७८, बुधबार

२ असार, लमजुङ ।

Advertisement

लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजारमा रहेका १५ घर बाढीले बगाएको छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ हिलेबजारका १५ घर बगाएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिए ।

उनका अनुसार हिलेबजारका अन्य घरधुरी पनि बाढीको जोखिममा रहेका छन् । ‘दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । अन्य घरहरु पनि जोखिममा रहेका छन्,’ उनले भने

Advertisement

उनका अनुसार विस्थापितहरुलाई अहिले फलेनी माविको भवनमा राखिएको छ । केही भने हिलेबजारकै माथिल्लो क्षेत्रमा रहेका छिमेकीका घरधुरीमा बसेका बसेका छन् ।

बाढीबाट यस क्षेत्रका १ सय बढी घरधुरी प्रभावित भएको उनले बताए । गाउँपालिकाकाले तत्कालका लागि उपलव्ध १७ थान त्रिपाल वडामार्फत त्यस क्षेत्रमा वितरण गर्न लागेको पनि उनले बताए । गाउँपालिका क्षेत्रमा बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको पनि बताए ।

Advertisement

अहिले दोर्दी खोलामा पानीको बहाव केही घटेको छ । तर यस नदी किनारामा रहेका बासिन्दाहरु ढुक्कसँग बस्न सक्ने स्थितिमा नरहेको उनले बताए । यसअघि नै जिल्ला प्रशासन कार्यालय, लमजुङले नदी किनारामा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top