धादिङमा पहिरोले डोजर पुर्दा दुई जना बेपत्ता

४ असार ७८, शनिबार

५ असार, धादिङ ।

Advertisement

धादिङको सेर्तुङमा पहिरोले डोजर पुर्दा शुक्रवार बेलुकादेखि दुई जना बेपत्ता भएका छन् ।

धादिङ बेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ बेपत्ता भएका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिनुभएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top