युरो कप फुटबल : इटलीले वेल्सलाई हरायो, दुवै नकआउट चरणमा प्रवेश

७ असार ७८, सोमबार

७ असार, काठमाडौं ।

Advertisement

युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो ।

१० खेलाडीमा समेटिएको वेल्सलाई हराउन इटलीका माटियो पेसीनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए ।

Advertisement

खेलको ५६ औं मिनेटमा इथान एम्पडुले रेड कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । इटलीका फेड्रिको बेर्नार्डेस्चीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाएका थिए । इटलीले ३ खेलमा ९ अङ्क जोडेको छ। यसअघि इटलीले टर्कीलाई ३–० र स्विजरल्यान्डलाई पनि ३–० गोलले नै हराएको थियो ।

इटलीसँग पराजित भए पनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । वेल्सले ३ खेलमा ४ अङ्क जोडेको छ । यसअघि वेल्सले स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने टर्कीलाई २–० गोलले हराएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top