×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

मेलम्चीको पानी आउने समय धकेलियो

७ असार २०७८

७ असार, काठमाडौं ।

मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो ।

Advertisement
Advertisement

तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो ।

सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी वितरण नहुने समितिले यसअघि नै सूचना जारी गरिसकेको थियो । मनसुन शुरू हुनासाथ नै मेलम्चीमा आएको बाढीपहिरोका कारण आयोजना स्थलमा क्षति पुगेपछि थप केही महीना पानी नआउने निश्चित भएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपछिको अवस्थाले पहिले तोकिएको मितिमै पानी ल्याउन सकिने सम्भावना नभएको बताए । सडक विभाग, नेपाली सेना, स्थानीय सरोकारवाला निकायको सहयोग भएमा निर्धारित समयभन्दा केही महीना ढिलाइ भए पनि पानी ल्याउन सकिने उनको भनाइ छ ।

‘आयोजना स्थलमा क्षति भएका पूर्वाधारहरू सडक, क्याम्प, पुलहरू बनाउँदा मर्मतसम्भारले कति समय लिन्छ भन्ने कुराले पानी आउने आधार तय गर्नेछ,’ पन्तले भने, ‘क्षति भएका संरचनाहरू बनाउन थप २÷३ महीना लाग्ने देखिन्छ किनभने भर्खर वर्षाको सिजन शुरू भएको छ र जोखिम कायमै छ ।’

अहिले पनि नदीको जलस्तर बढेकाले प्रभावित क्षेत्रसम्म पुग्न नसकिएको पन्तले जानकारी दिए । सोमवार (आज) आयोजना तथा समितिका अधिकारीहरू आयोजना स्थलसम्म जाने तयारी गरेका छन् ।

‘मेलम्ची बजारबाटै बाढीबाट बिग्रेको सडक मर्मतसम्भार गर्दै अघि बढ्ने प्रयास गरिएको छ,’ पन्तले भने, ‘त्यहाँ पुग्न सकिएको छैन, प्रारम्भिक प्रतिवेदनले आयोजनाका प्रवेशमार्ग (एप्रोच रोड), चारओटा पुल, क्याम्पहरू बगेका छन् ।’ अम्बाथानसम्म पुग्न नसकेको र हेलिकोप्टरबाट अवलोकन गरिएकाले विस्तृत क्षतिको विवरण आउन नसकेको उनको भनाइ छ ।

मेलम्ची पुल बजारदेखि आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग २१ किलोमीटरको छ, । त्यसमध्ये आधाजति सडक मर्मतसम्भार गर्नुपर्ने देखिएको छ । निर्माण सामग्रीका साथसाथै उपकरणहरू र क्याम्पहरू पनि बगेको हुँदा निर्धारित समयमै उपत्यकामा पानी वितरण हुने सम्भावना कम देखिएको छ ।

वैकल्पिक माध्यमबाट चलाएको सुरुङ र अम्बाथानको अडिटमा पनि केही बालुवा भरिएको भन्दै पन्तले भने, ‘सुरुङमा अलिअलि बालुवा भरिएको भए पनि धेरै क्षति नभएको पाइएको छ ।’ २ महीनामा पानी ल्याउने विषय अनिश्चित नै भएको तर त्यसपछि भने जतिसक्दो छिटो उपत्यकामा पानी ल्याउने प्रयत्न गरिने उनको भनाइ छ । अहिले विभिन्न निकायसँगको सहकार्यमा समितिले योजना बनाएअनुसार मेलम्ची बजारदेखि बाटो मर्मतको काम शुरू भइसकेको छ ।

Advertisement

यो समाचार आजको आर्थिक अभियानमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top