मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दाको सुनुवाइ आज

७ असार ७८, मंगलबार

८ असार, काठमाडौं ।

Advertisement

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

यसअघि जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलमा बोलाएको थियो। सर्वोच्चले लिखित जवाफ माग गरेपछि फेरि मन्त्रीपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको छ।

Advertisement

यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थियो।

अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउनेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top