बाइडेनको उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक पारित भएन

९ असार, एजेन्सी ।
अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रोकेका छन् ।

देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् । राष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक पारित हुन नसकेको हो ।

विधेयकको पक्षमा ५० र विपक्षमा ५० (सम्पूर्ण रिपब्लिकन) मत परेको हो । १० सिट रहेको सिनेटबाट विधेयक पारित हुन ६० सदस्यको समर्थन चाहिन्छ ।

Advertisement

पक्षधरहरुले सन् १९६५ को भोटिङ्ग राइट एक्टपछिको सबैभन्दा बिस्तारित र मताधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकमा रहेको बताउँछन् ।

राष्ट्रपति बाइडेनले निर्वाचन कानून सम्बन्धी विषय आफ्नो प्रशासनको मुल मर्म रहेको बताउँदै आएका छन् । तर केही डेमोक्र्याटहरुले चाहिने जति प्रयास नगरेको आरोप उनीमाथि लगाउँदै आएका छन् ।

गएको मार्चमा तल्लो सदनबाट सो विधेयक पारित भएको थियो । एक डेमोक्र्याटसहित सबै रिपब्लिकनले तल्लो सदनमा विधेयकको विपक्षमा मत दिएका थिए ।

निर्वाचन कानून संशोधन अभियानका लागि राष्ट्रपतिबाट जिम्मेवारी प्रदान गरिएकी उपराष्ट्रपति कमला ह्यारिसले सिनेटमा विधेयकमाथिको मतदान प्रक्रिया सञ्चालन गरेकी थिइन् । विधेयक असफल भएपछि उनले आफूहरुको संघर्ष अन्त्य नभएको बताएकी छन् ।

अग्रिम मतदानलाई बिस्तार गर्नुका साथ चुनावी खर्चलाई लिएर थप पारदर्शिता कायम गर्ने तथा संसदीय जिल्ला निर्धारणमा दलगत प्रभावलाई सीमित गर्ने व्यवस्था विधेयकमा रहेको डेमोक्र्याटले उल्लेख गरेका छन् ।

अश्वेतसहितको मताधिकार थप सुनिश्चित गर्ने लक्ष्यसहित डेमोक्र्याटिक पार्टीका सांसदले ९०० पृष्ठ लामो विधेयक तयार पारेका थिए ।

तर रिपब्लिकनहरुले राज्यहरुको अधिकार खोसेर केन्द्र सरकारले नियन्त्रण कायम गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् । राजनीतिक रुपमा पूर्ण रुपमा डेमोक्र्याटहरुलाई सहज बनाउने उद्देश्य विधेयकको रहेको आरोप रिपब्लिकनको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top