नेपालमा थप २४७४ जनामा कोरोना पुष्टि, २५१८ संक्रमणमुक्त

१० असार, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २९ हजार ४३१ र एन्टिजेनबाट २९ हजार ९३४ जना पुगेको छ ।

Advertisement

यस्तै, आज थप २५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ । निको हुनेको दर ९०.७ प्रतिशत छ ।

आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ९१८ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top