ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि

११ असार, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।

राजकिशोर र विमलमन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ ।

विमलले आफू वीरगन्जमा भएको र प्रमोदले आफू सर्लाहीमा भएकाले बैठकमा सहभागी नभएको राजधानीलाई बताएका छन् । तर, राजकिशोर र विमलबाहेकका अन्य ६ जना निवर्तमान सांसदले आफूलाई मन्त्री नबनाएको भन्दै ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गरेका छन् ।

ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गर्ने प्रमोद, विमल, राजकिशोर र चन्द्रकान्त निर्वाचित सांसद हुन् । अमृता, रानी, दुलारी र नरमाया समानुपातिक सांसद हुन् ।

पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ ।

बिहीबार तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलस्थित मधेस भवनमा भएको छलफलमा अगामी राजनीति यात्राबारे छलफल भएको छ । ठाकुर र महतोले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि अब कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेका हुन् ।

ठाकुर र महतो समूहका नौ जना मन्त्री र दुई जना राज्यमन्त्री पदमुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ठाकुर र महतो समूह पदमुक्त भएपछि आगामी रणनीति तय गर्न छलफलमा गरिरहेका छन् । उनीहरू कार्यकारिणी समितिका सदस्यसँगसमेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनमा ठाकुर र महतो छन् । उता जसपाका अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा रहेका छन् ।

प्रधानमन्त्री ओलीले एजेन्डाका हिसाबले अगामी दिनमा समेत सहकार्य गर्दै अगाडि बढ्नेबारेमा ठाकुरसँग छलफल गरेका थिए । सोही विषयमा ठाकुर र महतोले आफूनिकटका निवर्तमान सांसदसँग छलफल गर्दै राय बुझ्ने काम गरिरहेका छन् ।

अहिले जसपाभित्र पार्टी आधिकारिकताबारे समेत विवाद चलिरहेको छ । एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक हो भन्दै विवाद निर्वाचन आयोगसम्म पुगेको छ । तर, निर्वाचन आयोगले आधिकारिताको विषयमा अझै निर्णय गर्न सकेका छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top