×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हल्ला नगरिकन छिट्टै खोप ल्याएर देखाउँछौँ, बाढी–पहिरो प्रभावितलाई प्राथमिकता दिन्छौँ : मन्त्री श्रेष्ठ

११ असार २०७८

११ असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।

Advertisement
Advertisement

उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए । कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ, उनले भने, हामी कुराभन्दा काममा विश्वास गर्दछौँ, त्यसैले हल्ला नगरिकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ ।

उनले खोप ल्याउनका लागि विभिन्न देशसँग छलफल भइरहेको समेत बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र पालिकाको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राखे ।

उनले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिए । उनले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राखे ।

यस्तै मन्त्री श्रेष्ठले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैंकिङ एसोसिएशनले उपलब्ध गराउने ३३ करोड रुपैयाँको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गरेका छन् ।

यस्तै उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६ सय सघन उपचार कक्ष (आईसीयू), एक सय भेन्टिलेटर, एक हजार चार सय हाई–डिपेन्डेन्सी युनिट (एचडीयू), दुई सय ५० बालबालिकाका लागि शय्या थप गर्ने निर्णयमा समेत हस्ताक्षर गर्नुभएको छ ।

पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताए । उनले एक करोड १० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनले पहिलो र दोस्रो लहरको कोभिड–१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताए ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top