अध्यादेशबाटै भए पनि निजामती ऐन ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ

१० असार ७८, शुक्रबार

११ असार, काठमाडौं ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लीलानाथ श्रेष्ठले सङ्घीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै सङ्घीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको भन्दै अध्यादेशमार्फत नै भए पनि निजामती ऐनलाई ल्याउनुपर्ने बताए ।

कर्मचारीको लागि पदपूर्ति, बढुवालगायतका कुरा समेटेर अध्यादेश ल्याउनका निम्ति मुख्य सचिव, प्रधानमन्त्री र आफूबीच छलफल भएको भए पनि नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उनले बताए । संसद् नभएको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संविधानमा नै उल्लेख गरेको भन्दै उनले अध्यादेश ल्याउने सम्बन्धमा अध्ययन गरिरहेको पनि बताए ।

उनले भने, यो सङ्घीय निजामती ऐनलाई मूलभूत कुरा लगाउनुपर्ला नभए राष्ट्रको स्थायी सरकारले मनोबल गि¥यो भने कसरी काम गर्छ ? त्यसै कारणले यो ओझेलमा राख्नुहुँदैन भनेर मेरो, मुख्यसचिवको सहमति भएर अगाडि बढाउने कुरा भएको थियो ।

तर नागरिकताको रिजल्ट आइसकेपछि फेरि हामी अलिकति स्टप भयौँ । निजामती ऐनको यो हाउसबाट अहिले तत्कालै निर्णय होला, के होला÷नहोला त्यो अन्योल नै छ । यसतर्फ हाम्रो गम्भीर ध्यान गएको छ । हाउस नचलेका बेला सरकारले आवश्यकताअनुसार अध्यादेश ल्याउन पाउने भनेको छ संविधानले । के गर्ने भन्नेमा अध्ययन गर्दैछौँ ।’

मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिको कारण प्रदेश र पालिकामा समेत अनुशासनहीनता बढेको बताए । उनले चीनबाट कोभिड–१९ विरुद्धको ४० लाख खोप ल्याउने कुरा अगाडि बढिरहेको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top