जबरजस्ती करणी मुद्धाका फरार पक्राउ

१५ असार ७५, शनिबार

विराटनगर, असार १६

Advertisement

जबरजस्ती करणी मुद्धामा अदालतबाट सात वर्षको कैद सजाय भई फरार रहेका एक जना शुक्रबार जेल गएका छन।

जिल्ला अदालत मोरङको मिति २०७२।११।१६ गतेको फैसलाले सात वर्षको कैद सजाय भएका साबिक कटहरी गाविस ५ हाल कटहरी गाउँपालिका २ बस्ने देवरत मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मण्डललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमै लुकि छिपी बसेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरि  अदालतको आदेश बमोजिम फैसला कार्यान्वयनका मोरङ कारागार पठाइएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top